दल विभाजनका लागि ल्याएको अध्यादेश संविधान विपरीत हुँदा पनि सञ्चारमाध्यम चुप लागे एमाले अध्यक्ष : ओलि

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले संचारमाध्यमहरु सरकारसँग किन गुन लगाएर चुप बसेका हुन भन्दै प्रश्न गर्नु भएको छ । आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा उहाँले सरकारले गरेका गलत काममा पनि मौन बस्नु आश्चर्यजनक रहेको बताउनु भयो ।

संचारमाध्यमले खरदारी नगरे सरकार ठिक ठाँउमा नबस्ने भन्दै उहाँले भन्नु भयो,‘सञ्चारमाध्यमले खबरदारी गरेन भने सरकार बेपरवाह हुन्छ ’ ।अध्यक्ष ओलीले दल विभाजनका लागि ल्याएको अध्यादेश संविधानको मर्मविपरीत हुँदा पनि सञ्चारमाध्यम चुप लागेर बसेको बताउनु भयो ।

‘मैले पनि ४० प्रतिशतमा वा राखेर अध्यादेश ल्याएको थिएँ, त्यसबेला उत्पात भयो’ ओलीले भन्नुभयो। सञ्चारमाध्यम चुप छन् किन हो भन्दै उहाँले अध्यादेश खारेज गर्न पनि अर्को कानुन चाहिने र संसद् चालु रहँदा सूचना टाँस गर्न नपाइने बताउनु भयो ।

Back to top button