विदेशमा चिकित्सा शिक्षा अध्यय गर्ने विद्यार्थीलाई नेपालमै प्रयोगात्मक अभ्यासका लागि अनलाइन आवेदन माग

काठमाडौं । सरकारले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीलाई नेपालमै प्रयोगात्मक अभ्यास (इन्टर्नसिप)का लागि अनलाइन आवेदन आह्वान गरेको छ ।

चिनमा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीले कोरोना महामारीमा नेपाल आएपछि फर्किन नपाएकाले स्वदेशमै प्रयोगात्मक अभ्यास गर्न पाउनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका थिए । सरकारले आह्वान गरेको आवेदनले उहाँहरुको माग सम्बोधन भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरेको छ । विदेशी विश्वविद्यालयमा अध्ययन गरेका तर महामारीका कारण इन्टर्नसिप गर्न जान नपाएका विद्यार्थीको विषयमा कार्यविधिबारे सुझाव दिन गठित कार्यदलको असोज ६ गतेको सिफारिस अनुसार आवश्यक प्रक्रिया पूरा गरेर इन्टर्नसिप गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले सूचना जारी गरेको हो ।

Back to top button