ओलि सँग सम्बन्ध सुधार गर्न कसरत गर्दै देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ओलि फकाउने प्रयास थाल्नु भएको छ ।

प्रधानमन्त्री देउवाले मंगलबार तेस्रोपटक सरकारका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भक्तपुर बालकोटस्थित निवासमा भेट्न पठाएर ‘सरकारले सम्बन्ध सुधार गर्न चाहेको’ सन्देश समेत दिनु भएको छ ।

देउवाका ‘दूत’का रूपमा बालकोट पुग्नुभएका मन्त्री कार्कीले ओलीसँगको डेढ घण्टा संवादक्रममा ‘सरकारले प्रमुख प्रतिपक्षसँग मिलेरै सुमधुर सम्बन्ध स्थापित गर्दै अघि बढ्न चाहेको’ प्रधानमन्त्री देउवाको सन्देश ओलीलाई सुनाउनु भएको छ ।

Back to top button