नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन उपचारका लागि थाइल्याण्ड जानुभएको छ । आज बिहान नेता पुन त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट थाइल्याण्ड प्रस्थान गरेको उहाँको सचिवालयले जनाएको छ।

जण्डिसको वंशानुगत समस्या भएका पुन केही समयदेखि बिरामी हुनुहुन्छ ।

यसअगाडि पुनले सुमेरु अस्पतालमा उपचार गराएका थिए। उहाँलाई बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी छ।

पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएका थिए। चिकित्सकहरूकै सल्लाह अनुसार उहाँलाई थाइल्याण्ड लैजान लागिएको सचिवालयले जनाएको छ।

Back to top button