पथरीशनिश्चरेका नौ वटा कृषि फर्म प्रारम्भिक छनौटमा

पथरीशनिश्चरे । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका लागि मोरङको पथरीशनिश्चरे नगरपालिकाका ९ वटा कृषि फर्म प्रारम्भिक छनौटमा परेका छन् ।

इनोभेसन आयोजनाको अनुदान वितरणका लागि नगरबाट पेश भएका परियोजनामध्ये प्रारम्भिक छनौटमा परेका ९ फर्महरुको अनुगमन गरिएको छ ।

आयोजनाका डा. सुशील अधिकारी, योगेन्द्रप्रसाद शर्मा, लेखनाथ खरेल तथा नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालको टोलीले फर्मको अनुगमन गरेको हो ।

बाख्रामा वडा नम्बर २ बाट प्रेमा श्रेष्ठ, ३ बाट रामप्रसाद खनाल, ५ बाट मनमाया पाण्डेको फर्म प्रारम्भिक छनौटमा परेको छ । दुधका लागि वडा नम्बर ३ बाट चन्द्रिका सापकोटा, भला रेग्मी, ५ बाट विशाल पाण्डे, दिलकुमारी सुनाम, ६ बाट योगेन्द्र रायामाझी र ७ बाट रमेश ढकालको फर्म छनौटमा परेको पशुपंक्षी शाखा प्रमुख दहालले जनाउनु भयो ।

परियोजनामा प्रारम्भिक छनौटमा परेकाहरुले अव पूर्ण प्रस्तावना पेश गर्नुपर्ने छ । त्यसपछि अन्तिम चरणमा छनौट गरिने छ । परियोजना सञ्चालनका लागि आयोजनाको ५० प्रतिशत, विश्वबैंकको ३० प्रतिशत र स्वयम् कृषक फर्मको २० प्रतिशत लगानी रहने छ ।

Back to top button