थप तीन जिल्लाको क्रियाशिल सदस्यको सूचि सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवादका कारण सार्वजनिक हुन नसकेका जिल्लाहरु मध्येबाट थप तीनवटा जिल्लाको क्रियाशिल सदस्यको सूचि सार्वजनिक भएको छ ।

निर्वाचन समितिले विवाद रहेका मध्ये कैलाली, धनुषा र सर्लाहीको क्रियाशिल सदस्यको विवरण सार्वजनिक गरेको हो ।

वेभसाइट मार्फत सदस्यताको सूचि सार्वजनिक गरिएको हो । क्रियाशिल सदस्यको सूचि टुङ्गो लागेसँगै थप तीन जिल्लामा अधिवेशन गर्ने बाटो खुलेको छ । अझै सप्तरी, बारा, पर्सा, रौतहट र रसुवामो क्रियाशिल विवाद टुङ्गो लाग्न सकेको छैन ।

Back to top button