प्रदेश प्रमुख अधिकारीलाई विपक्षी गठबन्धनको प्रश्न असंवैधानिक सरकार कहिलेसम्म ?

विराटनगर । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारीलाई विपक्षी गठबन्धनले असंवैधानिक सरकार कहिलेसम्म रहने भन्दै प्रश्न गरेको छ । संविधानको धारा १६८ (१) अनुसार नियुक्त गरिएका मुख्इमन्त्री भीमप्रसाद आचार्य अल्पमत परिसके पनि संवैधानिक व्यवस्था अनुसार नचलेको प्रति प्रदेश प्रमुख अधिकारीलाई विपक्षी गठबन्धनले ध्यानाकर्षण गराएको हो ।

विपक्षी गठबन्धनले संविधानको धारा १८८ अनुसार पार्टी विभाजन भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको प्रस्तताव राख्ने संवैधानिक व्यवस्था विपरितको मुख्यमन्त्री आचार्य नेतृत्व्को सरकार कहिलेसम्म रहने भन्दै विपक्षी गठबन्धनले प्रदेश प्रमुख अधिकारी समक्ष प्रश्न गरेको थियो ।

एमाले भदौ९ गते विभाजन भएकोले मुख्इमन्त्री आचार्यले असोज ७ गतेभित्र प्रदेशसभामा विश्वसको प्रस्ताव राख्नु पर्ने त्यस्तो नगरी असोज २२ गते नियमित अधिवेशन बोलाएको प्रति विपक्षी गठबन्धनले आपत्ति जनाएको थियो ।

गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गराउने र नियमित अधिवेशन आह्वानको समयबीच केही दिनको मात्रै फरक रहेकोले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता नगराएको प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएको थियो ।

गठबन्धन दलमध्ये माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङबोले मुख्यमन्त्री आचार्यले चाडबाडको मौकामा नियमित अधिवेशन बोलाएर सदनमा विश्वासको प्रस्ताव राखेर सरकारको आयु लम्ब्याउन खोजेको भन्दै प्रदेश प्रमुख अधिकारीलाई ध्यानाकर्षण गराउनु भयो ।

प्रदेश प्रमुख अधिकारीले संविधान, प्रचलित कानुन र प्रजातान्त्रिक अभ्यास अनुसार प्रदेश सरकारलाई अगाडि बढ्न ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनु भयो ।

Back to top button