प्रधानमन्त्री निवास बालुवाटारमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज सर्वदलीय बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवा सत्तामा आएपछि पहिलो पटक सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । संसदमा कायम रहेको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाउनु भएको हो ।

संसदमा प्रतिनिधित्व गर्ने दलहरु कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा , नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेतालाई बिहान १० बजे बैठकमा आमन्त्रित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हाल एकिकृत समाजवादीमा रहेका १४ जना सांसदलाई एमालेले गरेको कारवाही सभामुखख अग्नीप्रसाद सापकोटाले कार्यान्व्यन नगरेको विषयलाई लिएर लगातार संसद अबरुद्ध गर्दै आएको छ । संसदको गतिरोध अन्त्यका लागि सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा एमाले नगएपछि समस्या ज्युँकात्युँ रहेकोले प्रधानमन्त्रीले आफै सर्वदलीय बैठक बोलाउनु भएको हो ।

Back to top button