प्रधानमन्त्री बोलाएको सर्वदलीय बैठकमा एमालेले बहिष्कार गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान १० बजे बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने भएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सर्वदलीय बैठकमा एमालेको कुनैपनि प्रतिनिधिसम्म पनि सहभागी नहुने बताउनुभएको हो ।

संसदमा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ । यसअघि सभामुख अग्नीप्रसाद सापकोटाले पनि बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेकोले संसदमा जारी गतिरोध अन्त्य हुनसकेको छैन ।

Back to top button