रुपचन्द्र विष्टको बायोपिक रुदानेको टिजर सार्वजनिक

काठमाडौ ।क्रान्तिकारी दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको बायोपिक रुदाने को टिजर सार्वजनिक भएको छ।

अमितकिशोर सुवेदी र विकास ढकालको अनुसन्धान, लेखन तथा निर्देशन रहेको फिल्मको टिजर बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।

फिल्ममा उहाँबाहेक नम्रता श्रेष्ठ, रवि गिरी, सुवास गजुरेल, सरोज अर्याल, नमिता तामाङलगायत कलाकारको अभिनय रहेको छ ।

विसं १९९० मा जन्मेका रुपचन्द्रले स्कुल जीवनदेखि नै कम्युनिष्ट राजनीति सुरु गर्नुभएको थियो। सर्वसाधारणको मुद्दामा सधैं अगाडि आउने रुपचन्द्र राजद्रोहको आरोपमा धेरैपटक जेल पनि पर्नु भएको हो ।

उहाँले आफ्ना साथीसँग मिलेर थाहा आन्दोलन सुरु गर्नुभएको थियो। जसको उद्देश्य चेतनाविहीन नागरिकलाई चेतना सम्पन्न बनाई राजनीति र समाज जागरण गर्नु थियो।

Back to top button