एमालेको विधान महाधिवेशन सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले)को विधान महाधिवेशन आज ललितपुरको सनराइज सम्मेलन केन्द्रमा सुरु हुँदै छ । महाधिवेशनको उद्घाटनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको हो ।

ओलीको सम्बोधनपछि तीनवटा प्रस्ताव पेश भएर आजको कार्यक्रम सकिने छ । भोली दोस्रो दिन प्रतिवेदनको विषयमा समूहगत छलफल हुने र आइतबार समूहगत छलफलबाट आएका निष्कर्षसहितको सुझाव समेटेर प्रस्तावहरु पारित गरी महाधिवेशनको समापन हुने एमालेले जनाएको छ ।

Back to top button