४४ जना उपसचिवको सरुवा

काठमाडौं । सरकारले विभिन्न निकायमा कार्यरत ४४ जना उपसचिवको एकैपटक सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृह मन्त्रालयलगायतका निकायमा कार्यरत उपसचिवहरुको सरुवा गरेको हो ।

मन्त्रालयले १६ जना उपसचिवलाई गृह मन्त्रालयबाट सरुवा गरेको छ भने त्यति नै संख्यामा उपसचिवहरुलाई ल्याएर गृहमा थन्क्याएको हो । १२ जना उपसचिवलाई संघ, प्रदेश र स्थानीय तहमा सरुवा गरेको छ ।

Back to top button