सिग्देल प्राविधिक सचिवमा बढुवा

काठमाडौं । मन्त्रिपरिषदको बैठकले सहसचिव गोपालप्रसाद सिग्देललाई प्राविधिक सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । यसअघि एक नम्बरमा सिफारिस भएका सिग्देललाई पछाडि पार्दै तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो नम्बरमा भएकालाई सचिवमा सरुवा गरेको थियो ।

यसपटक बढुवा सिफरिस समितिले सिग्देलको एकल नाम सिफरिस गरेकोले मन्त्रिपरिषदले बढुवा गर्ने निर्णय गरेको हो । विभिन्न मन्त्रालय मातहतका विकास आयोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गर्नुका साथै ५ जना नेपालीलाई विदेशी पुरस्कार प्राप्त गर्न स्विकृति प्रदान गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।

Back to top button