ज्येष्ठ नागरिकलाई आजदेखि टेलिकमद्वारा निःशुल्क सिम वितरण

काठमाडौं । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले आजदेखि देशभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम वितरण सुरु गरेको छ ।

६० वर्षभन्दा माथि उमेरका वृद्धवृद्धालाई असोज २५ गतेसम्म वितरण गरिने सिममा १० रुपैयाँ ब्यालेन्स, ४० मिनेट नियमित फोन गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटाको सुबिधा रहने टेलिकमले जनाएको हो । परिचय खुल्ने कागजात र एक प्रति पासपोर्ट साइजको फोटो लिएर गएपछि टेलिकमले ज्येष्ठ नागरिकलाई सूचना प्रविधिमा पहुँच पुर्याउने उद्देश्यले निःशुल्क सिम प्रदान गर्ने छ ।

Back to top button