मोरङमा चिया खेति सुरुवातकर्त्ता राईको निधन

विराटनगर । मोरङमा व्यवसायिक चिया खेतिको सुरुवात गरेका चिया उद्यमी नारायणप्रसाद राईको ५७ वर्षको उमेरमा असामयिक निधन भएको छ । हृदयघात भएर उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना हुनुभएको उहाँको उपचारको क्रममा मृत्यु भएको परिवारजनले बताउनुभयो ।

मोरङको उत्तरी सीमानास्थित जेफालेमा मातृभूमि टि–स्टेट प्राली स्थापना गरेर राईले २०५६ सालदेखि चिया खेति सुरु गर्नुभएको थियो । उहाँले अग्र्यानिक चिया उत्पादन, प्रशोधन गरी विदेश निर्यात गर्दै आउनुभएको थियो ।

उहाँले २०७१ सालमा राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारबाट सम्मानित हुनुभएको थियो । उहाँको एकल प्रयासले सुगम जिल्लाको दुर्गम ठाउँ जेफालेलाई चिनाउन र पर्यटकीय स्थल बनाउन सफल भएको हो ।

Back to top button