झुण्डिएर आत्महत्या गरिन कन्नड अभिनेत्री सौजन्याले

काठमाडौ । कन्नड फिल्ममा अभिनय गर्नुभएकी सौजन्याले झुण्डिएर आत्महत्या गर्नुभएको छ । बिहिबार बिहान बेंगलुरुको अपार्टमेन्टमा उहाँ मृत पाइएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । प्रहरीले उनको शवसँग सुसाइड नोट भेटेको छ ।

उक्त सुसाइड नोटमा उहाँले आफ्नो मृत्युका लागि कसैलाई पनि जिम्मेवार नदेखाउन लेख्नु भएको छ । यसका साथै उहाँले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएतापनि जीवनमा उहाँले जे जति भोगिन् त्यसले उहाँलाई मानसिक रुपमा तनाव भने दिएको बताउनु भएको हो । अन्त्यमा उहाँले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिनुभएको छ ।

कोडगु जिल्लाको कुशलनगरमा बस्दै आउनु भएको सौजन्याले केही सिरियल र कन्नड फिल्ममा काम गर्नुभएको थियो ।

Back to top button