प्रचण्डबारे ओलीको टिप्पणी–अस्थिर, अवसरवादी एवं विभाजनकारी

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्थिर, अवसरवादी र विभाजनकारी नेता भएको आरोप लगाउनुभएको छ ।

एमालेको प्रथम विधान महाधिवेशनमा अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रचण्डको सोच र व्यवहारप्रति असहमति रहेको उल्लेख छ ।

‘माओवादी केन्द्र, मुलतः ‘प्रचण्ड’ का अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच र व्यवहारप्रति हाम्रो विमति छ’, प्रतिवेदनमार्फत ओलीले भन्नुभएको छ ।

Back to top button