माधव नेपाललाई साथ नदिएर भीम रावलसहितका नेताहरूले स्वागतयोग्य काम गर्नुभयो : ओली

काठमाडौं ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरूले स्वागतयोग्य काम गरेको गर्नु भएको छ ।

पार्टीको जारी विधान अधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै उहाँले भन्नुभयो, ‘पार्टी एकता जोगाउनका लागि प्रदर्शित अधिकतम लचकताका बाबजुद हरहालतमा पार्टी विभाजन गरी छाड्ने माधव नेपालको योजना स्पष्ट भएपछि पार्टीभित्रको अन्तरसंघर्षमा साथमा रहनु भएका अधिकांश कमरेडहरू त्यसलाई अस्वीकार गरेर एकताको पक्षमा उभिनु भएको छ । यो स्वागतयोग्य निर्णय हो ।’

ओलीले एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप समेत लगाउनु भयो ।

अध्यक्ष ओलीले पार्टीको एकतालाई जोगाउन माओवादी केन्द्र पृष्ठभूमि भएका रामबहादुर थापालगायतका नेताहरूले सकारात्मक योगदान पुर्‍याएको पनि स्पष्ट पार्नु भयो ।

उहाँले नेकपा एमालेलाई विभाजन गराउन र माधव नेपालहरूलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको भूमिकासमेत सहयोगी भएको दाबी उहाँको रहेको छ ।

Back to top button