आयोगले बुझायो प्रदेश प्रमुखलाई प्रतिवेदन 

विराटनगर ।राष्ट्रिय दलित आयोगले प्रदेश १ का प्रदेश प्रमुख सोम नाथ अधिकारी (प्या सी)लाई आर्थिक वर्ष २०७७÷२०७८को वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका सदस्य टुम्जे कामी (बराइली)ले प्रदेश प्रमुख प्यासिलाई एक कार्यक्रमका विच प्रतिवेदन बुझाउनु भएको छ । प्रतिवेदन बुझाउँदै कामिले विगतको शासकहरूकै कारण छुवाछुतका घटना बढेको बताउनु भएको छ ।
८२ पृष्ठ लामो प्रतिवेदन बझदै प्रदेश प्रमुख अधिकारीले राजनीतिक दलहरूमाफर्त परिवर्तन गर्न सकिने बताउनु भएको छ । उहाँले राजनीतिक दलहरूले आना कार्यकर्ता मार्फत जनचेतनाका कार्यक्रमहरू ल्याउन सके छुवाछुतका घट्ना अन्तय हुने बताउनु भयो ।

Back to top button