मानसिक समस्या बाट बच्ने उपाहरु सिकाउँदै बेलबारी

विराटनगर । पछिल्लो समय मानिसमा मानसिक समस्याहरू बढ्दै जान थालेको विभिन्न अध्यनहरुले देखाइरहेका छन् । दिनप्रतिदिन हाम्रो समाज ब्यस्त बनिरहेका बेला मानसिक समस्या जटिलरुपमा अगाडि बढ्दै गइरहेको विभिन्न तथ्याकहरुले पनि देखाउने गरेका छन् ।
यस क्रममा मोरङको बेलबारी नगरपालिकाले मानसिक समस्या हल गर्ने उद्देश्यले विभिन्न समुदायसँग गएर मानसिक समस्या र बच्ने उपाय बारे छल गर्न थालेको छ ।
जेष्ट नगरीका दिवसको अवसरमा आज जेष्ट नागरिकहरू सँग एक अन्तरक्रिया कार्यक्रम गरेको छ । जेष्ट नागरी कमा मानसिक  रुपमा देखिने समस्या र त्यसबाट बच्ने उपाय बारे छलफल गरिएको बेलबारी नगरपालिका महिला तथा बालबालिका शाखाकी कर्मचारी सम्झना अर्यालले बताउनुभयो । कार्यक्रमको सहजीकरण मनोविद् ज्योत्स्ना डाँगीले गर्नु भएको थियो ।
वडा वडामा गएर एक हप्ता सम्म कार्यक्रम सञ्चालन गर्ने कर्मचारी अर्यालले बताउनु भयो ।

Back to top button