महानगरका सवै वडामा कमिटी विस्तार गर्दै नेपाल खेलकुद महासंघ, कमिटी गठनमा पहिलो बन्यो विराटनगर- ६

विराटनगर । नेपाल खेलकुद महासंघले विराटनगर महानगरका सवै वडामा कमिटी विस्तारको अभियान थालेको छ । महानगरभित्र महासंघको पहिलो वडा कमिटी भने विराटनगर- ६ मा गठन भएको छ ।

रोहित पासवानको अध्यक्षतामा २५ सदस्सीय समिति हिजो गठन भएको हो । नवगठित वडा समितिको उपाध्यक्षमा शिवकुमार मण्डल, सचिवमा युगल खतिवडा चयन हुनुभएको छ ।

हिजो सम्पन्न भेलाले सह–सचिवद्धयमा सचिन ठाकुर बैजनाथ चौधरी तथा कोषाध्यक्षमा सेली अलिलाई चयन गरेको छ । नव गठित समितिलाई प्रमुख अतिथि नेपाल खेलकुद महासंघका स्थायी समिति सदस्य तथा प्रदेश १ का संयोजक रोहित कोइरालाले सपथ खुवाउनुभएको छ ।

कार्यक्रम संयोजक कोइरालाले खेलकुद महासंघ सवैभन्दा चलायमान संगठन बनाउन भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले संगठनका सदस्यहरुलाई खेलकुदका गतिविधिलाई तिब्र बनाउने, खेलाडीको उत्पादन र संरक्षणका लागि भूमिका निर्वाह गर्ने, खेल तथा खेलाडीको हकहितका क्षेत्रमा काम गर्न निर्देशन दिनुभयो ।

यस्तै महासंघमा आवद्ध सदस्यहरु आवश्यकता पर्दा स्वयंसेवीका रुपमा परिचालन हुन तयार हुनुपर्नेमा समेत जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले ६ नम्बर वडाका इन्चार्ज लालबाबु साह, खेलकुद महासंघका मोरङ अध्यक्ष सुरज श्रेष्ठ, प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइराला, खेलकुद महासंघ महानगरका अध्यक्ष दिपक घिमिरे, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका महानगर अध्यक्ष विज्ञान शर्मालगायतले शुभकामना दिनुभएको थियो ।

Back to top button