एमालेको विधान महाधिवेशनमा आज समूहगत छलफल जारी

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन आज समूहगत छलफल भइरहेको छ ।

सनराइज हल गोदावरीमा भइरहेको महाधिवेशनमा सात प्रदेश, उपत्यका र विशेष कमिटी गरेर १० वटा समूह बनाएर प्रस्तावित प्रतिवेदनहरुमा सुझाव लिने तयारी छ ।

करिब ६ हजार प्रतिनिधि भएकोले एउटा समूहमा सरदरमा ६ सय जना प्रतिनिधि रहेका छन् । समूहगत छलफलका लागि बिहान ८ देखि दिउँसो २ बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रतिवेदनमा सहभागीहरुका तर्फबाट टोली नेताले समूहको धारणा राख्ने कार्यक्रम छ ।

सबै समूहको अध्यक्षता सम्बिन्धत प्रदेश कमिटीका अध्यक्षले गर्नुहुनेछ । विधान महाधिवेशन भोलि सकिनेछ ।

Back to top button