साहस उर्जाको आईपीओ भोलि बाँडफाँट हुँदै

काठमाडौं । साहस उर्जा लिमिटेडको आईपीओ (प्राथमिक शेयर) भोलि बाँडफाँट हुने भएको छ । असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर भोली बाँडफाँट गरिने भएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाएअनुसार भोली विहान ९ बजे आईपीओ बाँडफाँट हुनेछ । हिजो प्रि–अलटमेन्ट सकाएर भोली बाँडफाँट गर्न लागेको एनआईविएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

कम्पनीको आईपीओमा २४ लाख ७४ हजार ४३६ आवेदकबाट ३ करोड ४४ लाख ९८ हजार ३९० कित्ताशेयर माग भएको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको ६४ लाख ४० हजार कित्ता शेयरको ५ दशमलव ३५ गुणा बढी हो ।

Back to top button