बालिकालाई बलत्कार प्रयास आरोपमा कोइराला पक्राउ

विराटनगर । मोरङको विराटनगरमा बालिका बलत्कार प्रयास आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर ४ का ५० वर्षीय लभ कोइरालालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले कोइरालाले घरमा कोही नभएको अवस्थामा छिमेकी ११ वर्षीया बालिकालाई जबरजस्ती बलत्कार प्रयास गरेकोले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताउनुभयो ।

घट्ना भदौ २२ गते दिउँसो भए पनि २६ दिनपछि मात्रै घटना बारे खुलासा भएको हो । घट्ना भएदेखि बालिका एकोहोरिएर मौन बस्ने, डराउने, सामान्य विषयमा रुनेलगायतका व्यवहार देखाएपछि परिवारजनले सोधिखोजी गर्न थालेपछि घट्ना बाहिरिएको छ । घटना बारे परिवारजनले जानकारी पाएपछि स्थानीयवासीको सहयोगमा कोइरालालाई पक्राउ गरी प्रहरीलाई बुझाएको हो ।

‘परिवारजनले सोधिखोजी गर्ने क्रममा कोइरालाले जबरजस्ती बलत्कार प्रयास गरेको खुलेको छ,’ उहाँले भन्नुभयो, ‘कोइरालालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको तर प्रारम्भिक अनुसन्धानमा घरमा कोही नभएको बखत बालिकालाई कोठामा लगेर लुगा खोल्न थालेपछि अर्की ५ वर्षीया बालिका आएपछि बलात्कृत हुनबाट जोगिएको हो ।’

बलत्कार प्रयास गरेका कोइरालाले बालिकालाई घटना बारे कसैलाई नभन्न डर, त्रासा देखाउ“दै आएको अनुसन्धानबाट खुलेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । कोइरालालाई जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउने तयारी भइरहेको उनले बताए । पिडित परिवारले आइतबार जाहेरी दिएपछि कारबाही अघि बढाउने श्रेष्ठले बताउनुभयो ।

Back to top button