रियल म्याड्रिडसँग अंक बराबरी एथ्लेटिको

काठमाडौ । गएराति भएको खेलमा एथ्लेटिकोले २–० गोलले बार्सिलोनालाई हराउँदै शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग अंक बराबरी गरेको छ ।

खेलको २३ औँ मिनेटमा लुइस सुवारेजको पासमा थोमस लेमारले एथ्लेटिकोलाई अग्रता दिलाउनु भएको हो । पहिलो हाफको अन्त्यमा सुवारेजले अर्को गोल थप्दै एथ्लेटकोको जीत सुनिश्चित रयाो । दोस्रो हाफमा कुनै गोल हुन सकेन ।

स्पेनिस ला लिगामा बार्सिलोनाको यो सिजन पहिलो हार हो तर, धेरै खेलमा बराबरीमा रोकिएका कारण बार्सिलोना मात्र १२ अंकसहित लिगको नवौँ स्थानमा सिमित बनेको छ । शनिबारको खेलअघि बार्सिलोनाले लिगमा ३ खेलमा जीत र ३ बराबरी गरेको थियो । च्याम्पियन्स लिगमा लगातार हार व्यहोरेको बार्सिलोनाका म्यानेजर रोनाल्ड कुमनको जागिर धरापमा परेको छ ।

शनिबार नै भएका अन्य खेलमा ओसासुनाले रायो भायोकानो र मायोर्काले लेभान्तेलाई समान १–० गोलअन्तरले हरायो । भ्यालेन्सियाले भने क्याडिजसँग गोलरहित बराबरी खेल्यो ।

Back to top button