एमालेमा अब वरिष्ठ उपाध्यक्ष पनि हुने

काठमाडौ । नेकपा एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद पनि राखिने भएको छ । ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष थप्ने विधान पारित भएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिनुभयो।
एमालेमा अब एक जना अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात जना सचिव हुनेछेन । यसअघि एमालेमा उपमहासचिव हटाउने प्रस्ताव गरिएको थियो। अहिले एमालेमा दुई जना उपमहासचिव छन्।

एमाले केन्द्रीय सदस्य हुन पार्टीको सदस्यता लिएको १० वर्ष हुनुपर्ने तर महिला र दलितको हकमा ७ वर्ष भए पनि पुग्ने पौडेलले जानकारी दिनुभयो।
एमालेमा अब केन्द्रीय कमिटी, स्थायी कमिटी, सचिवालय र पोलिटब्युरोको संरचना हुने छ।

स्थायी कमिटी ४५ सदस्यीय हुनेछ भने १५ भन्दा धेरै पदाधिकारी हुने छन। केन्द्रीय कमिटीमा २२५ जना हुने ब्यवस्था गरीएको पौडेलले जानकारी दिनुभयो।
प्रतिवेदनहरु पारित भएसँगै आजै एमालेको पहिलो विधान महाधिवेशन सकिनेछ।

Back to top button