एमालेको राष्ट्रिय महाधिवेशनका लागि १५ सदस्य निर्वाचन आयोग गठन

काठमाडौं । नेकपा एमालेले आगामी राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न डा.विजय सुब्बाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । विधान महाधिवेशनमा आयोगका संयोजकसहित सदस्यहरुको नाम अध्यक्ष ओलिले प्रस्ताव गर्नु भएको थियो । आयोगको सदस्यमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, डा.कुन्सान लामा, रिता सिंखडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा वीसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विक, लोकबहादुर थापा, र हिमकला गैरे रहेका छन् । हलले ओलीले प्रस्ताव गरेका नामहरू अनुमोदन गरेको थियो ।

Back to top button