‘मकुना’को करेन्ट लागेर मृत्यु

विराटनगर । जंगली हात्तीको नाइकेका रुपमा रहेको मकुना हात्ती करेन्ट लागेर मरेको छ । ​मकुना कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने हात्ती हो ।
आरक्ष छेउको धानबारीमा लगाइएको करेन्टमा परेर मकुनाको मृत्यु भएको कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत अशोक रामले जानकारी दिनुभयो ।

चरनका क्रममा धानखेतमा पुगेको मकुना हात्ती करेन्ट लागेर मरेको उनसक्ने उहाँले बताउनु भयो । सो हात्ती आज बिहान मृत फेला परेको थियो ।

मकुनाको आक्रमणमा परी सर्वसाधारणको ज्यान जाने क्रम बढेसँगै हात्ती स्थानान्तरणको आवाज उठ्दै आएको थियो । मकुनाले सुनसरी र सप्तरीतर्फका दर्जन बढी मानिसको ज्यान लिएको थियो । जिल्ला प्रशासन कार्यालय सुनसरीले माकुना मार्ने योजना बनाएपनि चौतफी विरोध भएपछि कार्यालय पछि हटेको थियो ।

Back to top button