नाका खुल्ला भएका कारण विराटनगरको बजार सुनसान भएको व्यापारीको गुनासो

विराटनगर । मोरङको विराटनगरमा आगामी चाडपर्व, उपभोक्ता र बजार व्यवस्थापन विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । विष्णुमाया पुस्तकालयमा भएको कार्यक्रममा व्यापारीहरूले जोगवनि नाका खुल्ला भएका कारण विराटनगरको बजार चाडपर्वको समयमा समेत सुनसान हुने गरेको गुनासो गरेका थिए । व्यापारीहरूले यस्तै अवस्था बढ्दै गए ब्यावसायबाट पलायन हुने अवस्था आउन सक्ने भन्दै तत्काल समाधान खोज्न समेत सरकालाई आग्रह गरेका छन् ।

कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले नेपाली बजार हगो छ भनी गलत प्रचार गर्ने गरेको पाइएपछि उपभोक्ताहरूलाई सचेतना सम्बन्ध कार्यक्रम गर्न थालिएको बताउनु भयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भन्सार नीति परिवर्तन गर्नुपर्ने बताउनु भएको छ । नेपाली बजार र उपभोक्ताको अवस्था हेरेर नीति परिवर्तन गर्न सके मात्रै नाका आसपास रहेका बजारहरूको व्यापारमा सुधार ल्याउन सकिने उहाँको भनाइरहेको छ ।

छलफल कार्यक्रम भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्था र जिल्ला प्रशासन कार्यालय मोरङको आयोजनामा भएको हो ।

Back to top button