आफ्नो ट्विटरखाता पुनर्स्थापित गर्न ट्रम्पद्धारा माग

काठमाडौं । अमेरीकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका संघीय न्यायाधीशलाई आफ्नो ट्विटरखाता पुनर्स्थापित गर्न ट्विटर कम्पनीलाई आदेश दिन आग्रह गर्नुभएको छ ।
ट्रम्पको ट्विटर कम्पनीले गत जनवरीमा अमेरिकी राजधानीमा भड्केको ठूलो हिंसापछि निलम्बन गरेको थियो ।ट्रम्पका वकिलले शुक्रवार मियामीको जिल्ला अदालतमा ट्विटर र यसका सीईओ ज्याक डोर्सीका विरूद्ध प्रारम्भिक निषेधाज्ञा माग गर्दै एक प्रस्ताव दायर गर्नुभएको छ । प्रस्ताव दर्ता गर्दै उहाँहरूले ट्विटरले ट्रम्पको प्रारम्भिक संशोधनको अधिकारलाई समेत उल्लंघन गरेको बताउनुभएको छ

यद्यपि ट्विटरले ट्रम्पको फाइलिङमा शनिवार टिप्पणी गर्न भने अस्वीकार गरेको छ।

जो बाइडेन राष्ट्रपति विजय भएपछि त्यसलाई प्रमाणित गर्नबाट कांग्रेसलाई रोक्नका लागि उहाँका अनुयायीहरूले हिंसात्मकरूपले क्यापिटल भवनमा आक्रमण गरेपछि कम्पनीले ट्रम्पलाई आफ्नो प्लेटफर्मबाट स्थायीरूपमा प्रतिबन्ध लगाएको थियो । ट्विटरका माध्यमबाट ट्रम्पले थप हिंसा भड्काउने आकलन गर्दै कम्पनीले उहाँको खातामा प्रतिबन्ध लगाएको जनाएको छ । प्रतिबन्धअघि ट्रम्पको ट्विटरमा करीब ९ करोड ८० लाख फलोअर्स थिए।

ट्रम्पले सामाजिक सञ्जालको माध्यमबाट थप हिंसा भड्काउने सम्भावनालाई मूल्यांकन गर्दै फेसबुक र गुगलको यूट्यूबबाट समेत निलम्बन गरिएको थियो । फेसबुकको प्रतिबन्ध २०२३ जनवरीसम्म कायम रहनेछ र त्यसपछि कम्पनीले उनको निलम्बनको समीक्षा गर्नेछ भने यता युट्युबको प्रतिबन्ध भने अनिश्चित छ ।

Back to top button