![](https://koshisandesh.com/wp-content/uploads/2021/10/uml-logo-.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2021/10/uml-logo-.jpg)
काठमाडौं । नेकपा एमालेले पार्टीको लोगोमा केहि परिवर्तन गरेको छ । विधान महाधिवेशनबाट पार्टीले यसअघि प्रयोग गर्दै आएको लागोमा परिमार्जन गरेको हो ।
अब एमालेको लोगोमा रातो पृष्ठभूमिमा सूर्यभित्र सुनौला रंगको हँसिया हथौडा रहने उपमहासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । यसअघि एमालेको लोगोमा सूर्यभित्र सीपीएन यूएमल बीचमा सानो आकारको हँसिया हथौडा थियो ।