सीमा नाका पूर्ण खुल्ला भएपछि पर्यटन व्यवसायी उत्साहित

विराटनगर । सीमानाका पूर्णरुपमा खुल्ला भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित हुनुभएको छ । कोरोना महामारी सुरु भएदेखि धारासायी बनेको पर्यटन व्यवसाय सीमा नाका खुल्ला भएसँगै भारतीय पर्यटक भित्र्याएर व्यवसाय उकास्ने योजनामा यहाँका पर्यटन व्यवसायी रहनुभएको हो ।

होटल व्यवसायी संघका प्रदेश १ अध्यक्ष राजन श्रेष्ठले अब भारतबाट आउने पर्यटकहरुलाई स्वागत गरेर प्रदेश १ तथा नेपाल भित्र्याउने तयारी गरेको बताउनुभयो ।

‘भारतबाट आउने पर्यटकहरुलाई स्वतन्त्र र सुरक्षित रुपमा प्रदेशस्थित विभिन्न पर्यटकीय गन्तव्यसम्म पु¥याउन तथा यहाँका मनोरम स्थलहरुमा घुमफिर गर्ने व्यवस्थामा जुटेका छौं,’ उहाँले भन्नुभयो, ‘यस प्रदेशमा तथा देशभरिमा आउने भारतीयलगायतका देशका पर्यटकहरुलाई कुनैपनि किसिमको बाधा अबरोध हुन नदिनका लागि यहाँका सुरक्षा निकायलगायत सबै सरोकारबाला निकायस“ग सहकार्य गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउने योजनामा छौं ।’

होटल व्यवसायी भवेश श्रेष्ठले दुई वर्षदेखि धारासायी बनेको पर्यटन क्षेत्र उकास्नका लागि सरकारले तत्काल पर्यटन क्षेत्रमा लागेका प्रत्येक व्यक्तिलाई पूर्ण रुपमा कोरोनाविरुद्धको खोप लगाउनु आवश्यक भएको बताउनुभयो ।

‘प्रदेश तथा देशका पर्यटन क्षेत्रका सबै व्यक्ति कोरोनाविरुद्धको खोप लगाइसकेकोले पर्यटकहरुका लागि पूर्णरुपमा सुरक्षित रहेको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रवाह गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘अहिले वर्ष दिनसम्म तेस्रो मुलुकका कम पर्यटक आउने विद्यमान अवस्थामा सीमावर्ती भारतीय पर्यटकहरुलाई भित्र्याउन सरकारले तत्काल अल्पकालिन योजना ल्याएर कार्यान्वयन गर्नु आवश्यक छ ।’

भारतीय पर्यटन व्यवसायीहरुसँग सहकार्य गरेर भारतीय पर्यटकहरुलाई होटलमा बस्न, खान, प्याकेजलगायतमा छुटको व्यवस्था गरेको श्रेष्ठले बताउनुभयो ।

नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएशन प्रदेश १ का उपाध्यक्ष पुण्य भट्टराईले अहिले तत्काल दशैंको घटस्थापनाको दिनदेखि ३२ हजारमा धरानको टुँडिखेलबाट हेलिकप्टरमा पाथिभरा दर्शन गराउने प्याकेज ल्याएको बताउनुभयो ।

उहाँले गाडीबाट ८ हजारमा विराटनगरबाट इलामको कन्यादेखि फिदिम हु“दै ताप्लेजुङको पाथिभराको दर्शन गराएर विराटनगर फर्काउने तीन दिनको प्याकेज ल्याएको बताउनुभयो ।

भट्टराईले अहिले बढीभन्दा बढी भारतीय पर्यटक भित्र्याएर थला परेको पर्यटन व्यवसायलाई उकास्नका लागि सीमावत्र्तीं भारतीय बजारमा प्रचार प्रसार आवश्यक भएकोले त्यसका लागि आफूहरुले तयारी गरेको र त्यसमा सरकारको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

विराटनगरस्थित रानी–जोगबनी नाका १८ महिनापछि शनिबारदेखि पूर्णरुपमा खुल्ला भएको छ । मोटरसाइकल, कार, जिप, सिटी रिक्सा। साइकलगायतका साना तथा ठूला सवारी साधन आवत जावत खुल्ला भएको हो । सरकारले गत मंगलबार सीमा नाका पूर्णरुपमा खुल्ला गर्ने गरेको निर्णय १२ औं दिनमा कार्यान्वयन भएको छ ।

विराटनगरस्थित रानी भन्सार नाकाबाट कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले २०७६ चैत १२ गते लकडाउन गरेदेखि मालबाहक सवारी बाहेकका सवारी साधन चलेको थिएन । सीमा नाका पूर्णरुपमा खुल्ला भएपछि यस क्षेत्रका पर्यटन व्यवसायी उत्साहित हुनुभएको हो ।

Back to top button