रुखबाट लडेर मृत्यु

झापा । कनकाई नगरपालिका २ सुकेडाँगीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । स्थानीय ४२ वर्षीय राजबहादुर राईको मृत्यु भएको हो ।

घिरौला टिप्न रुखमा चढेका राई लडेर घाईते भएको प्रहरीले जनाएको छ । बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Back to top button