लागुऔषधसहित तीन जना पक्राउ

मोरङ । उर्लाबारी नगरपालिका ५ स्कुल डाँडाबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका ४ चौबाटोका २४ वर्षीय कृष्ण उराँउ, पथरी शनिश्चरे नगरपालिका ३ का २२ वर्षीय अर्जुन राई र बेलबारी नगरपालिका १० का शिबकुमार कार्कीलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले टरामाडोल ४१७ र स्पासपेन ४१७ क्याप्सुलसहित तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Back to top button