११ लाख भारतीय रुपैयाँसहित अग्रबाल पक्राउ

ईलाम । सुर्योदय नगरपालिका ६ हर्कटे चौकबाट प्रहरीले ११ लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । ईलामको सुर्योदय नगरपालिका १० फिक्कलका ३५ वर्षीय अनुप अग्रवाल पक्राउ परेको हो ।

प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवालले प्रयोग गरेको मे१च ६४२४ कारलाई चेकजाँच गर्ने क्रममा कालो ब्यागबाट २ हजार, ५ सय, २ सय र १ सयको भारतीय नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । अग्रबाललाई कारबाहीको लागि आन्तरिक राजस्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको प्रहरीले जनाएको छ ।

Back to top button