लडेर एक जनाको मृत्यु

खोटाङ । दित्तेmल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्रङमा घरको बरन्डाबाट लडेर एक जनाको मृत्यु भएको छ । स्थानीय ६० वर्षीया कमला राईको मृत्यु भएको हो ।

घरको बरन्डाबाट लडेर घाइते राईको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Back to top button