एमालेले बोलायो स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला

काठमाडौं । नेकपा (एमाले)ले कार्यकाल सकिन ६ महिना बाँकी रहेका स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरेको छ ।

पार्टीको विधान महाधिवेशनमा सहभागी हुन आएका स्थानीय तहका प्रमुख उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुखसहितको राष्ट्रिय भेला आयोजना गरिएको छ ।

स्थानीय तह विभागले आयोजना गरेको भेलालाई अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जिसस महासंघकी निवर्तमान अध्यक्ष सीता सुन्दासले जानकारी दिनुभयो ।

भेलामा नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु र गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले आ–आफ्नो प्रस्तुति दिदैहुनुन्छ ।

कार्यक्रममा पार्टी र जनप्रतिनिधिहरूबीचको अन्तर सम्बन्धका बारेमा विभागका प्रमुख देवेन्द्र दाहालले कार्यपत्र प्रस्तुत गर्नुहुने छ ।भने भेलामा समृद्धिको अभियानमा केपी ओली सरकारले तीन वर्षमा गरेका कामहरूको समीक्षा हुने ब्यान्जुले बताउनुभयो ।

स्थानीय तहमा पनि नेकपा एमाले सबैभन्दा ठूलो दल हो ।

Back to top button