सचिन रौनियार र रचना रिमालको स्वरमा रहेको नयाँ गीत ‘ट्याङ्का भरी सुन

काठमाडौ । सचिन रौनियारको स्वरमा रहेको नयाँ गीत ‘ट्याङ्का भरी सुन’ सार्वजनिक भएको छ । गीतमा हरिहर तिमल्सिनाको शब्द र राजनराज शिवाकोटीको संगीत रहेको छ । गीतमा सचिनलाई गायनमा गायिका रचना रिमालले साथ दिनुभएको हो।

भिडियोमा हाँस्यटेलिसिरियल ‘सक्किगोनी’का सागर लम्साल ‘बले’ र प्रियना आचार्य ‘मुन्नी’ को अभिनय रहेको छ। भिडियोमा ट्याङ्का भरी सुन छ भन्दै धाक लगाउने सचिनबाट सुनको ट्याङ्का नै फुत्काएको कुरालाई देखाइएको छ ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन तथा कलर रहेको छ ।

भिडियोलाई एम ८ म्युजिक फ्याक्ट्रीनामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Back to top button