पीएसजीको पहिलो हार

काठमाडौं । फ्रेन्च लिग वान फुटबल पेरिस सेन्ट जर्मेन पीएसजीले सिजनको पहिलो हार व्यहोरेको छ ।

पहिलो रोजाइका स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पेलाई सुरुवाती रोजाइमा उतारेको पीएसजी रेनससँग पराजित भएको हो । तीन ठूला स्टारबीचको तालमेल अभावमा पीएसजीले हारेको हो ।

गएराति भएको खेलमा पीएसजी रेनससँग २–० गोलले पराजित भएको हो । रेनसको जितमा गेटन लाबोर्डे र फ्लाभिन टइटले एक एक गोल गर्नु भएको हो ।

जितसँगै रेनसले ९ खेलमा १२ अंक जोडेको छ । रेनस आठौं स्थानमा रहेको छ । पीएसजी हारका बाजुद शीर्ष स्थानमा छ ।

 

Back to top button