फिल्म ‘उचाइ’ छायांकनको लागि बलिउड कलाकारहरु नेपालमा

काठमाडौं । फिल्म ‘उचाइ’ छायांकनको लागि बलिउड कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन आज बिहान काठमाडौं आइपुग्नु भएको हो।

इन्डियन एयरलाइन्सको विमानबाट उहाँहरु बिहान १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको हो । निर्देशक सुरज वर्जत्यसहितको कास्ट एन्ड क्रिउ टोली झन्डै ४० दिन नेपालमा रहने नेपाल व्यवस्थापन हेरेको थ्री ह्विलर्सले जनाएको छ ।

मंगलवारदेखि काठमाडौंबाट छायांकन सुरु हुने फिल्मलाई लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायतमा सुटिङ गरिने भएको हो । फिल्मका अन्य कलाकारहरु अमिताभ बच्चन र डेनी डेनजोङपा भने आइपुग्नु भएको छैन ।।

Back to top button