प्रहरीको रासनमा ५ वर्षपछि १५ प्रतिशत वृद्धि

काठमाडौं । नेपाल र सशस्त्र प्रहरीको रासनमा ५ वर्षपछि सरकारले १५ प्रतिशत वृद्धि गरेको छ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले राशन वृद्धि बजेटको व्यवस्थापन नै नगरी सैद्धान्तिक रुपमा वृद्धि घोषणा गरेकोले अहिलेका सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरेर कार्यान्व्यनमा ल्याएको हो ।

रासनको नयाँ दरले राज्यलाई वार्षिक १ अर्ब १७ करोड व्यय भारत थप भएको छ । प्रहरीले २०७२ सालदेखि भत्ता नबढेकोले ५० प्रतिशत भत्ता वृद्धिको गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा गरेको तर राज्यलाई अहिलेको समयमा अत्यधिक आर्थिक भार बढ्ने भएकोले रासनमा वृद्धि गरेर प्रहरीलाई शान्त पार्न खोजेको हो ।

Back to top button