तालिबानले दमन गर्ने भयले १सय भन्दा वढि विद्यार्थी र शिक्षकले छाडे अफगानिस्तान

एजेन्सी ।तालिबानले देश कब्जा गरेपछि काबुलबाट एक सयभन्दा बढी विद्यार्थी र शिक्षकहरूले अफगानिस्तान छाडेका छन् ।

अफगानिस्तानको शीर्ष म्यूजिकल इन्स्टिच्युटका १०१ सदस्यहरू सोमवार साँझ दोहा पुगेका छन् । उक्त समूहका अहमद सरमस्तले देशको नयाँ नेतृत्वबाट गीत संगीत क्षेत्रमा दमन हुन सक्ने भयले देश छाडेको जनाएका छन् ।

काबुलस्थित कतारी दूतावासको सहयोगमा संगीतकारहरूलाई सानो–सानो समूहमा विभाजित गराएर शहरको विमानस्थलसम्म पुर्‍याइएको थियो ।
काबुलबाट छाड्नेमा संगितका विद्यार्थी र शिक्षकहरू रहेको जनाइएको छ ।

Back to top button