संसदमा एमालेको नारा ‘कालोधन चाहिँदैन,देश लुट्न पाइँदैन’

काठमाडौं । आज  बसेको प्रतिनिधि सभा बैठकमा एमालेले नारा परिवर्तन गरेको छ ।बैठकमा ‘कालोधन चाहिँदैन, देश लुट्न पाइँदैन’ भनेर एमालेका सांसदहरुले नाराबाजी गरेका थिए । यसअघिका बैठमा भने एमालेले सभामुख प्रति लक्षित गरेर नारा लागाउने गरेको थियो । जलविधुतलगायत पूर्वाधार विकासमा लगानी गर्दा स्रोत नखोजिने बजेटको व्यवस्थाप्रति नेकपा एमालेले संसदमा चर्को नाराबाजी गरेको छ ।
जलविद्युत, सिमेन्ट उद्योग लगायत पूर्वाधार विकासमा गरिने लगानीको स्रोत नखोज्ने निर्णयले नेपाललाई अन्तर्राष्ट्रिय समुदायले कालो सूचीमा राख्न खतरा रहेको भन्दै एमालेले केन्द्रीय कमिटी बैठकबाट विरोध गर्दै विशेष प्रस्ताव पारित गरेको थियो ।

एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक असोज २२ गते सम्मको लागि स्थगित भएको छ । माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिश सभामुख सापकोटाले कार्यान्वयन नगरेको भन्दै एमालेले भदौ २३ गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

Back to top button