चितवनको भरतपुरका ६ वटा मेडिकल कारवाहीमा

चितवन । चितवनको भरतपुर स्थित चौबीस कोठीका ६ वटा मेडिकल कारवाहीमा परेका छन ।

मापदण्ड पूरा नगरेको, खरिद बिक्री बिल नराखेको, शैक्षिक प्रमाणपत्र नराखेको, बढी मूल्यमा बिक्री गरेको, म्याद गुज्रिएका औषधि समेत एकै ठाउँमा राखेको, बिना अनुमति सञ्चालन गर्ने मेडिकलहरु कारवाहीमा परेका हुन् ।

जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायव सुब्बा गोपीचन्द्र दवाडीका अनुसार नवल डेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन फार्मेसी र अपोलो डेन्टल कारवाहीमा परेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्माका अनुसार नवल डेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक र नवल पोलिक्लिनिकलाई ३/३ लाख रुपैयाँ जरिवाना गरिएको छ।

मिराकल फर्मालाई २ लाख ५० हजार, रिजन फार्मेसीलाई २० हजार र अपोलो डेन्टल क्लिनिकलाई ५ हजार जरिवाना तोकिएको छ । चाड पर्वको समयमा हुन सक्ने ठगिलाई मध्येनजर गर्र्दै स्थानीय प्रशासनले अनुगमनलाई तीव्रता दिएको छ ।

Back to top button