नेकपा एसले रक्षासहित ५ मन्त्रालय पाउने,२१ गते शपथग्रहण

काठमाडौँ । नेकपा एमाले बाट विद्रोह गरेर छुट्टै पार्टी बनाएको  नेकपा एकीकृत समाजवादीले रक्षासहित ५ मन्त्रालय पाउने भएको छ ।
रक्षा मन्त्रालय, सहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने सहमति भएको एकीकृत समाजवादीका एक नेताले बताउनु भयो ।
नेकपा एसबाट विरोध खतिवडाको नेतृत्वमा प्रेम आले मगर ,रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी,र भवानी खापुङ मन्त्री बन्ने बताइएको छ। नेकपा एसले एक राज्य मन्त्री पनि पाउने बताइएको छ । किसान श्रेष्ठको नाम पनि मन्त्री बन्नेमा चर्चामा छ ।
यसैबिच नेकपा एसका केन्द्रीय सदस्य मेटमणि चौधरीले २१ गते मन्त्रिपरिषद् विस्तार हुने बताउनु भयो ।

Back to top button