बालक अपहरण गरेको आरोपमा एक भारतीय नागरीक पक्राउ

 विराटनगर । प्रहरीले एक जना भारतीय नागरिकलाई बालक अपहरण गरेको आरोपमा  पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बालकलाई अपहरण गरेर भारत लैजान लागेको खुलेपछि भारत अररियाका ४० वर्षीय राजु मण्डलाई विराटनगर पक्राउ गरिएको बताउनु भयो ।
 विराटनगर महानगरपालिका–८ अशोक चोकका १२ वर्षीय रोहित शर्मालाई अपहरण गरेर भारततिर लैजाँदै गरेको  भनेर मण्डलविरुद्ध किटानी जाहेरी परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मण्डलविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने जिल्ला अदालत मोरङमा म्याद थप गरिएको डिएसपी दीपक श्रेष्ठले  बताउनु भयो ।
 घर नजिकै  फर्निचरमा काम गरिरहेका बुवालाई चिया पुर्‍याएर घर फर्कने क्रममा रोहित गत शुक्रवार साँझ ५ बजेतिर हराउनु भएको थियो ।  प्रहरीका अनुसार अभिभावकले खोजी गर्दै जाँदा भारततिर लैजाँदै गरेको अवस्थामा राति ११:३० बजेतिर वालकालाई परिवार तथा आफन्तले फेला पारेका थिए ।
 अभिभावकले रोहितलाई घर ल्याउन खोज्दा  आफ्नो भान्जा भएकाले लैजान नदिने भनेर अवरोध गरेपछि आफन्तले मण्डललाई नियनत्रामा लिएर प्रहरीलाई खबर गरेका थिए ।   बालकले हल्ला गर्ने , चिच्याउने जस्ता क्रिर्याकलाप गर्ने गरेका छन् ।
वालकलाई नशालु पदार्थ खुवाएर भारततिर लैजान खोजिएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

Back to top button