धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

काठमाडौं। सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ।

अर्थमन्त्रालयको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि ढुंगाना पअपठ्यारेमा पर्नु भएको थियो ।

बर्खास्तीअघि उहाँलाई निलम्बन गरेर स्पष्टीकरण समेत सोधिएको थियो ।

Back to top button