संसद अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार

काठमाडौँ । सरकारले संसद अधिवेशन अन्त्य गर्ने तयारी थालेको छ । नेकपा एमालेले लगातार संसद् अवरुद्ध गरेपछि सरकारले अन्त गर्ने तयारी गरेको हो ।

संसदमा पेस भएका केही विधेयकहरू फिर्ता लिने र अधिवेशन अन्त्य गर्ने तयारीस्वरुप कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुखसँग कुराकानी सुरु गर्नु भएको छ । विधेयकहरू फिर्ता गर्न मन्त्रालयका अधिकारी र संसद् सचिवालयबीच पनि कुराकानी भइरहेको बुझिएको छ ।

भदौ २ गतेबाट सुरु भएको सुरु भएको प्रतिनिधि सभाको नवौँ अधिवेशन र राष्ट्रिय सभाको दसौँ अधिवेशन बैठकमा प्रमुख प्रतिपक्ष एमालेले लगातार अवरोध गर्दै आएको छ । सभामुखको भूमिका र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदको हैसियतमाथि प्रश्न उठाउँदै एमालेको विरोध जारी छ । संसद् अवरोध हटाउन सभामुख र प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा समेत सहभागी नभएको एमालेले जारी गतिरोधबारे कसरी फेस सेभिङ गर्ने भन्ने दोधारमा छ ।

यो अधिवेशन अन्त्य गरेपछि एकै चोटि पुसमा हिउँदे अधिवेशन सत्तारुढ गठबन्धनका एक नेताले बताउनु भयो । त्यस बेलासम्म एमालेको रिस पनि मरिसक्छ । सांसदले गर्ने मुख्य काम गरेकाले तत्कालका लागि कुनै कानुन बनाउनुपरे अध्यादेशबाट पनि गर्न सकिने विकल्प छँदै छ ती नेताले भन्नु भयो । मङ्गलवार ८ मिनेट बसेको प्रतिनिधि सभाको अर्को बैठक असोज २२ गतेलाई बोलाइएको छ । त्यस्तै राष्ट्रिय सभाको असोज २४ गते बोलाइएको छ ।

Back to top button