वडाध्यक्षसहितका जनप्रतिनिधिहरु एमालेमा प्रवेश

दोलखा । दुइ जना वडाध्यक्षसहितका जनप्रतिनिधिहरु नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित दोलखाको जिरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष निमासाङ्गे शेर्पा र विगु गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरन्यवहादुर गुरुङ एमालेमा प्रवेश गर्नु भएको हो ।

त्यस्तै कालिन्चोक गाउँपालिका वडा नम्बर २ का वडा सदस्य विकास थापा र रमण थामी पनि एमाले प्रवेश गर्नु भएको हो नव प्रवेशीहरुलाई एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल,वागमती प्रदेश अध्यक्ष आनन्द पोखरल,जिल्ला इन्चार्ज पार्वत गुरुङ लगायतले स्वागत गर्नु भएको थियो ।

Back to top button