दशैंमा ठण्डा दिमागले सोच्नु होस्, दशैं पछाडि मिलेर सरकार चलाऔं : मुख्यमन्त्री आचार्य

डिएन पथिक विराटनगर । नेकपा एमाले विभाजन भएपछि अल्पमतमा पर्नुभएका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विपक्षी दलहरुलाई दशैंमा ठण्डा दिमागले सोच्न र दशैं पछाडि मिलेर सरकार चलाउन आग्रह गर्नुभएको छ । प्रदेशसभा भवनको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले गठबन्धन दललाई भन्नुभयो, ‘दशैंमा माशु खाएर ठण्डा दिमागले सोच्नुस्, दशैं पछाडि राम्ररी सल्लाह गरेर संसदमा छलफल गरौंला ।’

विपक्षी गठबन्धन दलका नेताहरुले संवैधानिक व्यवस्था अनुसार एमाले विभाजन भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव राख्न वा राजिनामा दिएर मार्ग प्रसस्त गरिदिन आग्रह गरेका थिए । तर मुख्यमन्त्री आचार्यले भने दशै पछाडि पनि तछाड मछाड नगरि मिलेर सरकार बनाउन आग्रह गर्नुभएको हो । उहाँले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिने भन्दै संविधान विपरितका गतिविधि नहुनेमा स्पष्ट पार्नुभयो । ‘संविधानको पालना गरेर अघि बढ्छौं, अल्पत भइहाल्यो भने त्यसै अल्पमतको सरकार टिक्दैनन्,’ उहॉले भन्नुभयो, ‘अल्पमतका प्रक्रियाबाट अघि जान्छौं किनकी अहिले प्रदेशसभामा भएका सबै दल अल्पमतमै छन् । सबभन्दा ठूलो दल एमाले नै हो ।’

प्रदेशसभामा कुनैपनि बहुमत प्राप्त दल नभएको र कुनैपनि दलले यो कारणले बहुमतमा रहेको समेत भन्न नसकेको मुख्यमन्त्री आचार्यको भनाई थियो । कुनै दलको समर्थन लिएर बहुमत सिद्ध गर्न सक्ने अवस्था रहेको भन्दै उहॉले यो अन्तिम निर्णय भने नभएको प्रष्ट्याउनुभयो । उहॉले भन्नुभयो, ‘त्यसैले सहमतिको सरकार किन नबनाउने, सबै प्रदेश सांसद जनताको लागि काम गर्न आएका छौं त्यसैले आउनुहोस् सबै मिलेर सहमतिको सरकार बनाऔं ।’ उहॉले झैं झगडा, तछाड मछाड र एक अर्काविरुद्ध शब्दको बाण चलाउन छोडेर सहमतिको सरकार बनाउन आह््वान गर्नुभएको हो ।

प्रदेश प्रमुख सोमनाथ अधिकारीले असोज २२ गते दिउ“सो २ बजेदेखि आठौं तथा हिउ“दे अधिवेशन आह्वान गरिसक्नुभएको छ । २३ गते शनिबार भएकोले मुख्यमन्त्री आचार्यले उक्त बैठकमा नै विश्वासको मतका लागि प्रस्ताव राख्नुपर्ने अवस्था छ । तर प्रदेशसभामा विश्वासको मत राख्नुभन्दा दुई दिन अगावै प्रदेशसभा सचिवालयमा दर्ता गराउनुपर्ने कानुनी व्यवस्था छ । तर मुख्यमन्त्री आचार्यले उक्त कानुनी व्यवस्था अनुसार आज प्रदेशसभा सचिवालयमा विश्वासको मतका लागि प्रस्ताव दर्ता गराउनुभएको छैन । त्यसैले विपक्षी गठबन्धनका दलले सरकारले संवैधानिक व्यवस्था मिचेर जबरजस्ती सरकारको आयु लम्ब्याउन खोजेको आशंका गरेका छन् ।

सत्तारुढ दल एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा सचिवालयमा एकिकृत समाजवादी दलले पत्र दर्ता गराएकोले त्यो दिनदेखि ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत राख्ने सुविधा आफूहरुस“ग रहेको दावी गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले अहिलेका मुख्यमन्त्री आचार्य लामो संघर्ष गरेर मुख्यमन्त्रीसम्म आएकाले संवैधानिक व्यवस्था अनुसार अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहॉले भन्नुभयो, ‘मुख्यमन्त्री ज्यू, अल्पमतमा परिसक्नु भएकोले राजिनामा दिएर अन्य दलका लागि मार्ग प्रसस्त गरिदिनु उचित हुन्छ ।’

विपक्षी दल नेकपा (एकिकृत समाजवादी)का नेता राजेन्द्रकुमार राईले अंक–गणितको हिसाबले अहिलेको सरकार अल्पमत भएको र संवैधानिक व्यवस्था अनुसार दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताउनुभयो ।

सरकार पक्षकै गणना अनुसार असोज २४ गतेसम्ममा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ, उहॉले भन्नुभयो, ‘२४ गतेभित्र मुख्यमन्त्री ज्यूले विश्वासको मत नलिए अर्को सरकार बनाउ“छौं किनकी त्यसपछि उहा“लाई संविधानले चिन्दैन र प्रदेश सांसदले पनि चिन्दैनन् ।’

राईले असोज २२ गतेसम्ममा प्रदेश प्रमुख पनि परिवर्तन भइसक्ने बताउनुभयो । अहिलेका प्रदेश प्रमुख मुख्यमन्त्री ज्यूको दलका भएकाले सरकारको आयु लम्ब्याउन खोजेको आरोप लगाउ‘दै उहॉले प्रदेश प्रमुख परिवर्तन भइसकेपछि मुख्यमन्त्री ज्यूलाई संवैधानिक व्यवस्थालाई आत्मसात गर्नुको विकल्प नरहने बताउनुभयो ।

माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्था विपरित सरकारको आयु लम्ब्याउन खोजेकोले विपक्षी गठबन्धनको प्रमुख दायित्व भनेको अहिलेको सरकारलाई संवैधानिक व्यवस्था पालना गराउनु भएको बताउनुभयो ।

Back to top button